Comments Add Comment

‘हैरान’की आरोही


चलचित्र ‘हैरान’बाट नव-नायिका आरोही शर्मा रजतपटमा डेब्यू गर्दैछिन् । यो चलचित्रलाई सौगात बिष्टले निर्देशन गरेका हुन् । आरोही यो चलचित्रमा पत्रकारको भूमिकामा देखिदैछिन् । तर, चलचित्रको दोश्रो हाफमा मात्र आफू पत्रकार रहेको खुल्ने उनले बताइन् ।

हुनत, आरोहीलाई पत्रकार नै बन्ने रहर थियो । बुम समातेर विभिन्न व्यक्तिहरुको इन्टरभ्यू लिने उनको चाहना थियो । तर, उनी चलचित्र क्षेत्रमा आइपुगिन् । अब निरन्तर चलचित्र क्षेत्रमा नै लाग्ने उनको योजना छ ।

आरोही र सागर लम्साल ‘बले’सँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


आरोही ग्ल्यामर खुलेको पहिरनमा नहुने बताउँछिन् । मान्छेको मन सफा भयो भने त्यो ग्ल्यामर हुने उनको भनाई छ । जेठ ४ गतेबाट रिलिज हुने कमेडी जनराको चलचित्र ‘हैरान’ले आफूलाई स्थापित गर्ने उनको आशा छ ।

 

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment