+
+

सुर्खेतबाट हुम्ला उडेको विमान सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २ गते ८:२२


२ जेठ, काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ ।

बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए ।

विमानमा चालक दलका २ सदस्य मात्रै छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

सुर्खेतका प्रजिअ कार्कीले अनलाइनखबरसँग भने, ‘विमानस्थल टावरबाट सम्पर्क टुटेको जानकारी मलाई पनि आएको छ, हामीले सूचना संकलन गरेर खोजी शुरु गरेका छौं । सम्भावित जिल्लामा टोली परिचालन गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?