Comments Add Comment

आमिरको महाभारतमा सलमान खान श्रीकृष्ण बन्ने चर्चा


आमिर खानले निर्माण गर्ने भनेको फिल्म ‘महाभारत’ को औपचारिक घोषणा हुनै बाँकी छ । तर, अहिलेदेखि नै फिल्मको चर्चाले बजार तातिरहेको छ ।

यो आमिरको महत्वाकांक्षी प्रोजेक्ट हो । धार्मिक कथामा आधारित भए पनि यसमा उनी बलिउडका नामी हस्तिहरुलाई अभिनय गराउने सुरमा छन् । जसमा पछिल्लोपटक नाम आएको छ, सलमान खानको ।

चर्चाअनुसार महाभारतमा श्रीकृष्णको रोलका लागि आमिरले सलमानलाई अफर गरेका छन् । सुरुमा यो रोल आमिर आफैंले गर्ने चर्चा थियो । तर, उनले अब अर्जुनको रोल गर्ने सम्भावना बढेको छ । महाभारत युद्धमा अर्जुनको भूमिका अत्यन्त प्रभावशाली हुने भएकाले उनी त्यसतर्फ आकषिर्त भएका हुन् ।

यता सलमान खान पनि श्रीकृष्णको रोल गर्न लगभग सहमत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि, यी दुईबीच फाइनल कुरा हुन बाँकी छ ।

यति मात्र होइन, महाभारतमा धृतराष्ट्रको भूमिकाका लागि आमिरले अमिताभ बच्चनलाई अफर गरेको बताइएको छ । अमिताभले पनि यो भूमिका स्वीकारिसकेका छैनन् । हाल आमिर र अमिताभ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा सहकार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment