Comments Add Comment

भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक कारागार चार वर्षपछि सञ्चालनमा

२ जेठ, सिन्धुपाल्चोक । भूकम्पपछि ध्वस्त सिन्धुपाल्चोक जिल्लाको कारगार बुधबारदेखि सञ्चालनमा आएको छ ।

सिन्धुपाल्चोक कारागारका प्रमुख नवराज सेनले भूकम्पबाट क्षति पुगेको कारागार अस्थाई रुपमासञ्चालन गर्न लागिएको जानकारी दिए ।

बुधबार दिउँसो जिल्ला सुरक्षा समितिको बैठक बसेर अपौचारिक रुपमा कारगारमा कैदी बन्दीहरु राख्ने तयारी भएको सेनले बताए ।

जिल्ला प्रहरी कार्यालयको पुर्पक्ष कक्षमा राखिएका २८ जना कैदीहरुलाई बुधबार कारगारमा स्थानान्तरण गरिने तयारी छ । १ सय १५ जना क्षमता रहेको कारगारमा केन्द्रीय कारगारबाट विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १ सय ५० जना सम्म कैदी बन्दीहरुलाई सिन्धुपाल्चोक कारगारमा राख्ने तयारी गरिएको छ ।

भूकम्पमा कारगार भत्केपछि त्यहाँ रहेका २ सय १६ कैदी–बन्दीहरु भागेका थिए । भूकम्पलगतै विभिन्न मितिमा १ सय १८ जना कैदी बन्दीहरु प्रशासनको सम्र्पकमा आए पनि अन्य कैदीहरु अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment