बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

कामीरिता शेर्पाले बनाए २२ औं पटक सगरमाथा चढेर कीर्तिमान

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् ।

कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । तर बुधबारदेखि कामीले उक्त कीर्तिमान भंग गरेका हुन् ।

सोलुखुम्बीको थाने घर भएका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी गरेका थिए ।

४८ वषिर्यक कामीरिता आज साढे बिहान साढे आठ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । आयोजक सेभेन समिट ट्रेक्सका अनुसार उनको टोलीले हिजो राति साउथ कोलबाट चुचुरोको आरोहण गरेको थियो ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार उनी सगरमाथा चुचुरोमा पुगेको खबर आए पनि यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

यसअघि आप्पा शेर्पा र फुर्वा शेर्पाले पनि २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । कामी शेर्पा सबैभन्दा पहिले सन् १९९४ मा २२ वर्षको उमेरमा नै सगरमाथाको आरोहण गरेका थिए ।

यसैगरी ४५ वर्षीय लाक्पा शेर्पाले पनि नयाँ रेकर्ड हासिल गरेकी छन् । ९ पटक सगरमाथाको चुचुरोमा पुग्ने उनि पहिलो महिला हुन् । सन् २००० मा पहिलो पटक उनले सगरमाथा आरोहण गरेकी थिइन् ।

२०७५ जेठ २ गते १७:०१ मा प्रकाशित (२०७५ जेठ ३ गते १७:४६मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:०६

    कामी रिता शेर्पाजी,

    अब ज्यान बाजी मारेर,

    २३औ पटक सगरमाथा आरोहण नगर्नु होला,

    बरु बिस्वभरीका university घुमेर आफ्ना अनुभब बाँड्ने,

    प्रयास गर्नुस,

    कुनै बिदेसीले १ पटक सगरमाथा आरोहण गरेको भरमा,

    त्यसको बिज्ञ बनेर,
    बिभिन्न कार्यक्रममा आफ्ना अनुभब र सहसका कथा,
    छाटेर हिंडछ,

    तपाई २२ औ पटक सगरमाथा चढेको,त्यो माथी शेर्पा,

    तपाईलाई सुन्न चाहने संसारमा कति छन् कति,

    अघि बढ्नुस l

    22
    2
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:३९

    पासांगलामु बाबु छिरी आप्पा अनि आङ्ग रिता
    यी सबै संगै नाम राख्ने आए है हाम्रा कामि रिता
    शेर्पाहरु हिमाल चडछन् नाम इज्जत रखछंन देसको
    कमर्चारी नेता भ्रसट्र भए नाक काटछन् देशको

    7
    1
    Share

  • karna Bdr. Khadayat लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:५९

    गाैरवगाथा शिर उच्चाे सलाम

    0
    0
    Share

  • Rajendra Bhadra लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १७:४२

    बधाई, नेवालका गौरव!

    0
    0
    Share

  • RABIN लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:१३

    के चाही नप्यो र सगरमाथा छाड्यो कि दौड्यो कि खायो कि . एस्त बकम्फुसे काम भन्दा जनता लाइ भलै हुने कम गरेको समाचार पो छाप्नु. उसको व्यक्तिगत फाइदा होला तर देश जनता लाइ के फाइदा ? तराई को मान्छे गर्मि मा बस्नु र हिमाल को मान्छे हिमाल छाड्नु पनि समाचार हुन्छ ?

    0
    0
    Share

  • Dr Raju Adhikari लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ९:०३

    An incredible record to make every Nepal and Nation to be proud. Best wishes for the future endeavour and we need people like him appointed to champion the environmental issues nationally and internationally.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this