बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

कांग्रेसको अडान : अभियोग पुष्टि नभएसम्म सांसद निलम्बन गर्नुहुन्न

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले फौजदारी अभियोग लागेका सांसदको अभियोग पुष्टी नभएसम्म निलम्बन गर्न नहुने निश्कर्ष निकालेको छ ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले अभियोग लागेका सांसदलाई सेवा, सुविधा नदिने तर आरोप पुष्टि नभई निलम्बन गर्न नहुने निश्कर्ष निकालेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

सत्तारुढ एमालेले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्नुपर्ने अडान लिइरहेका बेला कांग्रेस संसदीय दलको बैठकले अडान छोडेर सहमतिमै सो प्रस्ताव पारित गर्न आग्रह गरेको हो ।

कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली सहमतिमै पारित गर्न सत्ता पक्षसँग आग्रह गरेको छ । सहमति अनुसार नै दुवै सदनको नियमावली पारित गर्न सत्ता पक्षलाई आग्रह गरिएको प्रमुख सचेतक खाँडले बताए ।

कांग्रेसले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा ठोस धारणा तय गर्न विज्ञहरुसहितको समिति बनाउने निर्णय पनि गरेको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी रुपमा संसदमा प्रस्तुत हुन सांसदहरुलाई प्रशिक्षित गर्नेगरी विज्ञहरुसहितको समिति बनाउने निर्णय पनि गरिएको नेता खाँडले बताए ।

सरकारले आगामी जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउँदैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । सोही सम्बन्धमा पार्टीको ठोस धारणा तय गर्न कांग्रेस संसदीय दलले आवश्यक गृहकार्य गर्ने निर्णय गरेको हो ।

२०७५ जेठ २ गते २०:०५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • Raj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:०३

    नेताहरुलाई मात्र होकी कर्मचारीलाई पनि हो यस्तो व्यवस्था ? जान्न पाए हुने

    0
    0
    Share

  • सुरेन्द्र राई (दिवू) लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:०६

    २००७ देखि जनतालाई शोषण गरेको का‌ंग्रेसलाई सांसद निलम्वन हाउगुजी भा छ । यो नीति पास भएमा कांग्रेसलाई गलापास हुने भएरै हो । कुनैपनि नीति नियमले सुशासन कायम गराउछ भने कांग्रेस डराउनु पर्ने अन्य कुनै कारणै छैन् । चोरको खुट्टा काटभन्दा चोरले खुट्टा तान्छ भन्ने उक्ति यहाँ सिद्ध भा छ ।

    0
    0
    Share

  • फर्सुराम पाण्डे लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:२३

    काङ्रेसीपनको अर्को नमुना !!
    अभियोग पुष्टि भए पछि त पद नै
    जान्छ नि । अभियोग लागे पछि नै हो
    निलम्बन हुने चै । कुरो नबुझेकै हो कि
    नबुझे जस्तो गरेको ?

    0
    0
    Share

  • Nepali Congresh Ko Fan लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ७:३८

    Bhaya bhar ko gunda chor fataha jati sabai nepali congress ma chhan eati nabole marla kere ni gunda party le… party ko neta bhanaudo haru lai.

    0
    0
    Share

  • Nepali janata लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ८:५७

    कांग्रेसको चेत नखुलेको देखर म तिन छक छु…देउबाले आफु मर्दा कांग्रेस नि संगै मार्ने योजना बनाए जस्तो छ..बामे हरु जति खराब बने नि कांग्रेस भैन्जेल खराब नदेखिने मेसो पो आयो त…

    0
    0
    Share

  • Surya Prasad Regmi लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १०:४०

    निजामती कर्मचारीहरु उपर फौजदारी अभियोग लागे पछि स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । हाम्रा देशका नेतालाई सर्वखत माफ गर्नु पर्ने , अदालतवाट दोषी ठहरिए पनि सजाय भोग्नु नपर्ने ,फौज्दारी अभियोग लागे पछि पनि निलम्बन हुनु नपर्ने , टाउको दुखे पनि औषधी उपचारको नाममा सरकारी खचृमा विदेश उपचार गर्न जानु पर्ने यो कस्तो बिडम्बना हो । लुट नेता हो लुट देश दोहन गर तिमहिरुले यति गर्न त हैछ राजतन्त्र फालेको । देश द्रोही हौं हामी भने त हुन्थ्यो नि बरु ।

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this