Comments Add Comment

प्रतिबन्धमा परेका वार्नर क्लब क्रिकेटमा फर्किए

३ जेठ, काठमाडौं । बल टेम्पिरिङका कारण एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्टे्रलियन क्रिकेटर डेभिड वार्नरले क्लब क्रिकेट खेल्ने भएका छन् । उनले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने भएका हुन् ।

गएको मार्चमा दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेटका दौरान बल टेम्पिरिङ गरेको अभियोगमा क्रिकेट अस्ट्रेलियाले वार्नरसहित स्टेभन स्मिथलाई एक वर्षको र क्यामरुन बेनक्राफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो ।

पछि अस्ट्रेलियन खेलाडी संघ र अन्य विभिन्न निकायको आग्रहपछि उनीहरुलाई क्लब क्रिकेटमा खेल्ने अनुमति मिलेको हो । यसैले अन्तर्राष्ट्रिय र स्टेट क्रिकेटमा प्रतिबन्ध लागे पनि उनले एक वर्ष क्लब क्रिकेट खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment