+
+

सेमी अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७५ जेठ ४ गते ९:२७

४ जेठ, वीरगञ्ज । प्रहरीले सेमी अटोमेटिक हृयान्डमेड पेस्तोलसहित एक भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी पोडिहार ग्राम-१९ रक्सौल बस्ने २३ वर्षीय अविरञ्जन साह रहेका छन् । उनलाई वीरगञ्ज-१६ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो ।

उनको साथबाट पेस्तोलमा लाग्ने म्यागेजिन एक थान, ९ एमएम गोली एक थान, ७.६५ एमएमको मिस राउन्ड गोली एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

बिहीबार साँझ भारतबाट नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् । ‘बीआर ०५ एम ९२५४ नम्बरको पहेंलो रंगको हिरो मोटरसाइकलमा चढेर साह नेपाल आउँदै रहेछन,’ उनले भने, ‘चेकजाँचको क्रममा मोटरसाइकलको सिटमुनी पेस्तोल र गोली लुकाएर ल्याउँदै गरेको भेटियो, त्यसैले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेका छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?