+
+

वन क्षेत्रबाट ८ महिनामा ४ अर्ब ८६ करोड राजस्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १७:५१
फाइल तस्वीर

१३ जेठ,काठमाडौं ।  नेपालले चालु आर्थिक वर्ष (आव) को ८ महिनामा वन क्षेत्रबाट ४ अर्ब ८६ करोड राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा संरक्षित क्षेत्र सहित सम्पूर्ण वन क्षेत्रबाट ४ अर्ब ७७ करोड राजस्व संकलन गरेकोमा यो वर्षको फागुन मसान्तसम्मै ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

दाउरा र काठ कति उत्पादन ?

यस्तै चालु आर्थिक वर्षको फागनु मसान्तसम्ममा  २ करोड ४७ लाख १८ हजार क्युबिक फिट काठ उत्पादन भएको छ ।

गत आर्थिक वर्षमा निजी र राष्ट्रिय वन गरी कुल ३ करोड १८ लाख क्युबिक फिट गोलिया काठ उत्पादन भएको थियो  ।

यस्तै चालु आवको फागुन मसान्तसम्म ७७ हजार २०५ चट्टा दाउरा उत्पादन भएको छ ।

गत आवमा मा राष्ट्रिय वनबाट ४१ हजार ९९८ चट्टा दाउरा उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?