Comments Add Comment

सरोज ओलीः करोड क्लबमा ह्याट्रिक ?


‘माछीले खाने खोलीको लेउ ’ नसुन्ने को होला ? बिहे–कार्जेमा होस् वा सार्वजनिक यातायातमा । जताततै गुञ्जने गीत हो यो । यस्तै गीतको लहरमा छ, ‘तिमीलाई देखेपछि आइ लभ यु’ र ‘जता–जता पिरतीको बाटो’ ।

रोचक कुरा त के भने यी हिट नम्बर दिएका सरोज ओली ‘ह्याटिङक किङ’ बनेका छन् । उनले स्वरबद्ध गरेका यी तीनवटा गीतले युट्युवमा यसरी तहल्का पिटेको छ कि सबैले करोड बढी भ्यूज पाइसकेको छ । सरोज ओली विभिन्न चेतनामुलक गीत गाएर चिनिएका हुन् । व्यवसायिक संगीतसँगै उनी जनचेतनाका लागि पनि गीत गाइरहेका हुन्छन् ।

तीनवटा गीत रोमान्टिक शैलीको छ । अर्थात डान्सिङ नम्बर । बिहे–कार्जेमा मस्त नाच्ने खालको । सबै गीत दिनेश थपलियाले लेखेका हुन् । संगीत वसन्त सापकोटाको हो ।

गायक ओलीलाई यी फरक–फरक गीतमा मेलिना राई र इन्दिरा जोशीले साथ दिएका छन् । तीनमध्ये दुई गीतमा ‘कार्टुन्ज क्रु’लाई फिचरिङ गराइएको छ । भनिरहनु पर्दैन, ‘कार्टुन्ज क्रु’ले भर्चुअल दुनियाँमा आफ्नो बेग्लै चिनारी बनाइसकेको छ ।

आफ्नो गीतले करोड क्लबमा ह्याटिङक गरिरहँदा सरोज ओली भने साथीभाईसँग खुसी साटिरहेका थिए । अनामनगरमा आमन्त्रितसँग खुसी साट्दै ओलीले भने, ‘अब हाम्रो यही टिमले अर्को गीत तयार गर्दैछ ।’

गीतको बोल पनि उनले सुनाए, पानीको कुवा । यसमा ‘कार्टुन्ज क्रू’लाई साथ लिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment