+
+
Shares

सडक मर्मतमा ढिलाइ गर्ने ठेकेदार समातिए

छिटोभन्दा छिटो काम सक्ने कागज गरेर छोड्यौंः एसपी राना

अमृत सुवेदी अमृत सुवेदी
२०७५ जेठ ४ गते १२:०१

४ जेठ, पोखरा । सडक मर्मत सम्भारमा ढिलाइ गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गर्न थालेको छ । गृहमन्त्रालयबाट जारी निर्देशन अनुरुप ठेकेदारलाई पक्राउ गर्न थालिएको हो ।

सोही अनुरुप पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेत पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको हो ।

आर्थिक वर्ष ०७३/७४ को जेठमा असारभित्रै सक्ने गरी सम्झौता भएको थियो तर, समयमै सक्न सम्भव नभएको भन्दै गत आर्थिक वर्षको चैत सम्मका लागि सम्झौता थप गरिएको थियो । चैतमै सक्नुपर्ने काम हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

गिटी छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

बिटुमिन प्रयोग गर्ने मेसिन नभएको भन्दै काममा ढिलाइ गरेको सडक ढिभिजन कार्यालय पोखराका प्रमुख प्रेम खत्रीले बताए । समयमै सक्नुपर्ने काम मेसिन नभएको भन्दै ढिलाइ गरेपछि गृहमन्त्रालयकै आदेशमा निर्माण व्यवसायी पोखरा-२८ का सुरेन्द्रलाई प्रहरीले बिहीबार समाएको हो । ‘गृहमन्त्रालयको आदेशअनुसार जिल्ला प्रशासन कार्यालयबाट निर्देशन आएपछि केसीलाई झिकाएका हौं,’ कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने, ‘छिटोभन्दा छिटो काम सक्ने गरी आज (शुक्रबार) कागज गरेर छाडेका छौं ।’

गगनगौंडा सडक खण्डका यो १४ सय सडक कालोपत्रे गर्न २ करोड रुपैयाँमा ठेक्का सरुवा कन्ट्रक्सनले जिम्मा पाएको थियो । मुख्य राजमार्गकै सडक लामो समयदेखि काममा ढिलाइ भएर स्थानीयले बिरोध गरेपछि आफूले पनि ठेकेदारलाई बोलाएर बुझेको र मेसिन नभएको जवाफ दिएको सडक डिभिजन कार्यालय पोखरा प्रमुख केसीले बताए ।

यस्तै पोखरा पृथ्वीचोकमा सडक ढलान गर्ने जिम्मा पाएको ठेकेदारलाई पनि प्रहरीले छिटोभन्दा छिटो काम सक्न कागज गराएको छ ।

पोखराको मुख्य पृथ्वीचोकमा छिटोछिटो समय बिग्रने समस्या भएको भन्दै टिक्ने खालको ढलान गर्न सडक डिभिजन कार्यालयले आचार्य विल्डर्स प्रालिलाई ठेक्का दिएको छ ।

१ करोड ६० लाख रुपैयाँमा १५६ मिटर ढलान सडक ढलान गर्ने जिम्मा पाएको प्रालिका अनिल खड्कालाई प्रहरीले छिटोभन्दा छिटो काम सक्न कागज गरेर छोडेको प्रहरी प्रमुख रानाले जानकारी दिए । प्रालिले असार मसान्तसम्म सक्ने गरी ढलानको ठेक्का आएको डिभिजन प्रमुख खत्रीले बताए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?