Comments Add Comment

आईपीएलः दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित


५ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

शुक्रबार राति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाइविरुद्ध चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिएर १ विकेट झार्न सफल भएका छन् । उनले सुरेश रैनालाई विजय शंकरको हातबाट १५ रनमा क्याच आउट गरे । सन्दीप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित भए ।

उनले भारु एक लाख रुपैयाँ पनि पाए ।

हेर्नुहोस् भिडियो

आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन्दीपले ४ ओभरमा २५ रन खर्चेर एक विकेट झारेका थिए ।

शुक्रबार राति टस हारेर व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि रिसभ पन्तले सर्वाधिक ३८ रन बनाए । विजय शंकर र हर्षल पटेलले समान ३६-३६ रन योगदान गरे । उनीहरु नटआउट रहे ।

१६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १२८ रन मात्र बनाउन सक्यो । उसका लागि अम्बाति राइडुले ५० रन बनाए पनि हार टार्न सकेनन् । रविन्द्र जडेजाले नटआउट २७ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनी १७ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment