Comments Add Comment

भगवत गीताको अनमोल वचनः जसले तपाईको सोंच एवं मन बदल्छ

श्रीमद् भगवत गीता एक यस्तो ग्रन्थ हो, जसले जीवनको पुरा सार दिएको छ । मनुष्यको जन्मदेखि मृत्युसम्मको चक्रबारे गीतमा विस्तारमा बताइएको छ । मनुष्यलाई सांसरिक माया, मोहबाट निकालेर मोक्ष प्राप्ति गर्ने सूत्र छ गीतामा ।

महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनसँग गरेको बार्तालापबाट गीताको रचना भएको हो । श्रीकृष्णले अर्जुनलाई पुरा संसारको यस्तो ज्ञान दियो, जसलाई अपनाएर कुनैपनि व्यक्ति परम सुख र शान्तिका साथ आफ्नो जीवन व्यतीत गर्न सक्छन् ।

वर्तमान अवस्थामा गीतामा उल्लेख गरिएका कुरा निकै मननिय र अर्थपूर्ण हुनसक्छ । अहिले हामी यस्तो भौतिक जीवनमा बाँचिरहेका छौं, जहाँ खुसी, प्रेम, माया, आस्था, विश्वास हराउँदै एवं नष्ट हुँदै गइरहेको छ । हामी भौतिक सुख-सुविधामा लिप्त हुँदैछौं । र, त्यही कारण दुख, चिन्ता, तनाव, पीर, ईष्य जस्ता विषाक्त तत्वले हाम्रो शरीरमा डेरा जमाउँदैछ । हामी रोगी हुँदैछौं । जिर्ण हुँदैछौं । बाँचेर पनि बाँच्नुको सार्थकता पाइरहेका छैनौं । हामी खुसी, सुख र आनन्दका लागि भौतारिरहेका छौं ।

यस्तो छटपटीपूर्ण जीवनमा गीताको अध्ययन वा गीतामा उल्लेख गरिएका कुराहरुले हामीलाई शान्त तुल्याउँछ । किनभने यो एउटा यस्तो ढोका हो, जहाँबाट हामी आफैभित्र प्रवेश गर्न सक्छौं । आफैलाई चिहाउन सक्छौं । अतः अनलाइनखबरले गीताको अनमोल बचन पेश गरेको छ, जो हाम्रो निम्ति जीवनोपयोगी हुनसक्छ ।

– मनुष्य आफ्नो विश्वासले निर्मित हुन्छ । जस्तो विश्वास गर्छ, उस्तै बन्छ ।

– जुन चिज हाम्रो हातमा छैन, त्यसको चिन्ता गर्नुको कुनै फाइदा छैन ।

– जो व्यक्ति हरक्षण मनमा शंका राख्छ, उसको लागि न यो संसारमा काहीँपनि चैन मिल्दैन ।

– रिस, लोभ र वासना -यौन आशक्ति) नर्क जाने द्वार हो ।

– जे भयो, राम्रै भयो । जे हुँदैछ, राम्रो हुँदैछ । जे हुनेछ, राम्रो हुनेछ । तिम्रो के हरायो, जसको कारण तिमी रुन्छौं । तिमीले के लिएको थियौं, जो गुमायौं ? तिमीले के पैदा गरेको थियौं, जो नष्ट भयो । तिमीले जे लियौं, यहींबाट लियौं । जे दियौं, यहीं दियौं । जुन चिज आज तिम्रो छ, भोलि अरु कसैको हुनेछ ।

– कर्म नै धर्म हो । त्यसैले हामी कर्म गर्नुपर्छ, फल आफै मिल्छ । यस संसारमा जतिपनि मानिस सफल भएका छन्, उनीहरु कर्मकै बलमा भएका छन् ।

– तिमी त्यही कुराका लागि शोक गर्छौं, जुन शोक गर्नका लागि योग्य छैन र फेरी ज्ञानको कुरा गर्छौं ।

– जसले मनलाई नियन्त्रण गर्न सक्दैन, त्यो उनी स्वयम्को लागि सत्रू समान काम गर्छ ।

– मनुष्यको मूख्य उदेश्य आनन्द प्राप्त गर्नु हुन्छ र जुन मनुष्य आफ्नो कार्यमा आनन्द खोज्छन्, तब उसले पूर्णता प्राप्त गर्छ ।

– क्रोधले बुद्धि नष्ट हुन्छ । जब बुद्धि नष्ट हुन्छ, तब निर्णय गलत हुन्छ । जब निर्णय गलत हुन्छ, तब मनुष्यको पतन हुन्छ ।

– मन अशान्त, यसको नियन्त्रण कठिन छ । तर, अभ्यासद्वारा यसलाई वशमा राख्न सकिन्छ ।

– नराम्रो कामले तनाव पैदा गर्छ, त्यसैले सधै राम्रो सोचौं राम्रो गरौं ।

– आफ्नो दिलमा दयाको भावना हुँदा मनुष्यको दर्जा बढ्छ ।

– सधै नराम्रो खोज्ने व्यक्ति त्यही झिंगा जस्तो हुन्छ, जसलाई शुद्ध वा स्वच्छ स्थानमा छाडेपनि फोहोर ठाउँमा पुग्छ ।

– सधै आशक्तिले कामनाको जन्म लिन्छ ।

– मनुष्यले जे चाह्यो, त्यही बन्न सक्छन् । तर, त्यस इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।

– जुन कुरा वास्तविक छैन, त्यसबाट कहिल्यै नडराऔं ।

– जसले जन्म लिन्छ, उसको मृत्यु निश्चित छ । त्यसैले जे हुन्छ, त्यसमा शोक नगर ।

– एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिँदैनन् ।

– कर्म योग एक बहुत ठूलो रहस्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment