Comments Add Comment

प्रवल गुरुङसँग भेटेर किन यति खुशी भइन् जान्भी ?


नेपाली फेसन डिजाइनर प्रवल गुरुङ बलिउडदेखि हलिउडसम्म प्रख्यात छन् । उनले डिजाइन गरेका पहिरनमा हिँड्न पाउँदा बलिउड स्टारहरु गर्व महसुस गर्छन् । नयाँ पुस्ताका कलाकारहरु त उनलाई भेट्दा मात्रै पनि विछट्टै खुशी हुन्छन् ।

बलिउड अभिनेत्री जान्भी कपुरले फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलका क्रममा गुरुङलाई भेट्ने अवसर पाइन् । जान्भी त्यहाँ आफ्नी आमालाई दिइएको सम्मान ग्रहण गर्न पुगेकी थिइन् ।

जान्भीले सामाजिक सञ्जालमा गुरुङसँगको फोटो हाल्दै आफ्नो खुशी व्यक्त गरेकी छन् । ‘उहाँसित भेट्दा पारिवारिक माहौलको अनुभूति भयो, मेरो खुशीको सीमा छैन,’ जान्भीले लेखेकी छन् ।

प्रवलले पनि आफ्नो इन्स्टाग्राम एकाउन्टमा जान्भीसँगको फोटो सेयर गरेका छन् । उनले जान्भीलाई भविष्यकी स्टारको संज्ञा दिएका छन् ।

प्रवलले लेखेका छन्, ‘सोच्नुस्, आज को आयो शोरुममा ? बलिउडकी भावी स्टार । उनलाई बलिउडको नयाँ पारीका लागि धेरै धेरै बधाई । आशा छ, तिम्रो सफलताले आकाश चुम्नेछ ।’

बलिउडबाट हलिउड प्रवेश गरेका अभिनेत्रीहरु दीपिका पादुकोण र प्रियंका चोपडाका लागि प्रवलले डे«स डिजाइन गरिरहेका छन् । कान्स फिल्म फेस्टिबलमा समेत उनको फेसनको जादु छरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment