+
+

नेकपाका ३ केन्द्रीय सदस्य एक दिनमै आउट, ६ जनाको नाम थपियो

स्थायी कमिटीमा पूर्व एमालेबाट चार नेता मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ७ गते २०:०५

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा पूर्व एमाले पक्षबाट मनोनित गरिएका तीन जना सदस्यको नाम हटाएर अन्य ६ जनालार्इ थपिएको छ ।

अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा थपिएका मध्ये साध्यबहादुर भण्डारी, पुन्य गौतम र दयालबहादुर शाहीको नाम हटाइएको स्रोतले जनाएको छ ।

उनीहरुको ठाउँमा शोभियत ढकाल, उमा कोइराला र नारायण ढकाल थपिएका छन् । त्यस्तै, भीम रावलको असन्तुष्टि सम्बोधन गर्दै ७ नम्बर प्रदेशबाट लालवहादुर विश्वकर्मा, दिपक देवकोटा र राजेन्द्रसिंह रावललाई पनि नेकपाको केन्द्रीय कमिटीमा थपिएको छ ।

रावलले दयालवहादुर शाहीको नाममा तीब्र आपत्ति जनाएका थिए । त्यस्तै, पुन्य गौतमको नाममा सबैतिरबाट आपत्ति भएको थियो । तत्कालिन एमालेका नेताहरुले गौतमलाई केन्द्रीय सदस्य बनाउँदा बेइज्जत हुने भन्दै उनको नाम हटाउन दबाब दिएका थिए ।

स्थायी कमिटीमा ४ जना थपिए

नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालिन एमालेले २४१ सदस्य पाएको थियो । तीमध्ये बिभिन्न आयोगका अध्यक्षलाई पनि जोडेर २०० संख्या पुर्‍याइए पनि उनीहरु केन्द्रीय कमिटी सदस्य होइनन् ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा,सल्लाहकार परिषदका अध्यक्ष केशव बडाल,लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी ४४१ सदस्यीय कमिटीभित्र नरहने भएका छन् । उनीहरुको हैसियत आमन्त्रितका रुपमा रहनेछ ।

चार नेता आमन्त्रितमा परेपछि एमालेको तर्फबाट २६ सदस्यीय स्थायी कमिटीमा चार नेता थपिएका छन् । थपिनेमा बिष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठ छन् ।

रिमाल, भुसाल र महासेठ नवौं महाधिवेशनमा सचिव पदमा उम्मेदवार बनेर पराजित भएका थिए भने पन्त उपमहासचिवमा पराजित भएका थिए । त्यो बेला रिमाल र महासेठ ओली प्यानलबाट उम्मेदवार थिए भने पन्त र भुसाल माधव नेपाल प्यानलमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?