+
+
Shares

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा केन्द्रीय संयोजन समितिले कात्तिक ७ देखि मंसिर २५ सम्म दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • नेकपाले पुस ११ गते वडा र माघ १५ गते पालिका अधिवेशन एकैदिन देशभर सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • प्रवक्ता प्रकाश ज्वालाले महाधिवेशन तयारी, निर्वाचन तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका लागि अभियान चलाइने बताए ।

२३ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कात्तिक ७ गतेदेखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले कार्तिक ७ गते देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी, र सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले पुस ११ गते देशभरिका सम्पूर्ण वडा स्तरका अधिवेशनहरू र माघ १५ गते देशभरिका सम्पूर्ण पालिकाहरूमा एकैदिन पालिका स्तरीय अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए ।

‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा सरकारले आफ्नो आधिकारिक स्थिति सार्वजनिक गर्न विशेष प्रस्ताव समेत पारित गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले युवा क्षेत्रको कामलाई प्राथमिकता दिँदै कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने र प्रवासको काम, श्रमजीवी मजदुर र किसानहरूबीचको कामलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?