News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीको सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रूपमा बुझेका छन्।
- पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार विभागीय प्रमुख युवराज दुलालले उक्त मस्यौदा बैठकमा बुझाएका हुन्।
- प्रचण्डले सही नीति जनता माझ स्थापित गर्न र गलत भ्रम चिर्न सूचना प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने बताए।
२४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रुपमा बुझेका छन् ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सुचना तथा सञ्चार प्रविधि विभागको बैठकमा उक्त नीतिको मस्यौदा विभागीय प्रमुख युवराज दुलालले वुझाएका हुन् ।
सो अवसरमा नेकपा संयोजक पुष्पकमल दाहालले पार्टीका सहि नीति जनता माझ स्थापित गर्न र गलत भ्रम चिर्न सुचना प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने बताए । दाहालले गलत अल्गोरिदम चिर्न सहि सुचना आवश्यक रहेको बताए ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले पुराना पार्टीले खेलेका ऐतिहासिक र सकारात्मक भुमिकालाई न्युनिकरण गरेर समाजमा गलत भाष्य स्थापित गर्न खोजिएको बताए । प्रवक्ता प्रकाश ज्वालाले समग्र पार्टी पङ्तिलाई आधुनिक र प्रविधिमैत्री वनाउनुपर्नेमा जोड दिए ।
नेकपाका प्रमुख सचेतक समेत रहेका विभागीय प्रमुख युवराज दुलालले समग्र पार्टीलाई सुचना प्रविधि मैत्री बनाउँदै पार्टीका आम नीति तथा कार्यक्रमलाई सूचना प्रविधिको माध्यमबाट जनता माझ स्थापित गर्न विभागले भुमिका खेल्ने बताए ।
नेकपाको सुचना तथा सञ्चार प्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतले पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि प्रस्तुत नीति कार्यान्वयनमा जाने बताए ।
प्रतिक्रिया 4