Comments Add Comment

मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक लगाउनु गम्भीर गल्तीः डा. भट्टराई


८ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमणलाई रोक लगाउन नहुने बताएका छन् । उनले संघीय सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणको प्रस्तावलाई सदर नगर्ने निर्णय गरेको थियो ।

मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ट्विट गर्दै सरकारले गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् । यस निर्णयबाट संघ र प्रदेशबीच दुरी बढाउने उनको धारणा छ ।

‘प्रदेश–२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ,’ भट्टराईले लेखेका छन्, ‘कारण जेसुकै भए/दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंका/दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ ! संघीय सरकारले तुरून्त निर्णय सच्याओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment