Comments Add Comment

दुई ध्रुवमा नम्रता र आर्यन, किन बढ्यो दुरी ?


नायक आर्यन सिग्देलले करिब १ बर्ष अगाडि एक चलचित्रका लागि भन्दै आफ्नो तौल घटाइरहेका थिए । उनले सो चलचित्रका लागि यति दुब्लाउनुपर्ने थियो कि पर्दामा उनको हाडछाला मात्र देखिनुपथ्र्यो ।

निर्देशक दिनेश राउतले आफ्नै तौल ८ केजी घटाएर आर्यनलाई प्रेरणा दिन खोजे । तर, आर्यनले तौल घटाउन सकेनन् र त्यही कारणले सो चलचित्र नबन्ने भयो । नायिका नम्रता श्रेष्ठ र आर्यनलाई लिएर दिनेशले थाइल्याण्डमा सो चलचित्र बनाउने तयारी गरेका थिए ।

चलचित्र ‘आई एम सरी’ बाट सुरु भएको दिनेश र आर्यनको सम्बन्ध अहिले पहिलेको जस्तो छैन । यस्तै, चलचित्र ‘मेरो एउटा साथी छ’ बाट सुरु भएको आर्यन र नम्रताको सम्बन्ध पनि खस्केको छ ।

अहिले दिनेश र नम्रता एक ध्रुवमा छन् भने आर्यन अर्को धु्रवमा । दिनेशले नम्रता र आर्यनलाई राखेर चलचित्र ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ बनाएका थिए । यसपछि, दिनेशले नम्रतालाई ‘पर्व’ मा नायिका बनाए भने उनलाई नै लिएर ‘प्रसाद’ बनाउँदैछन् । तर, दिनेशको चलचित्रमा आर्यन देखिन छाडेका छन् । उनको ठाउँमा विपिन कार्कीको इन्ट्री भएको छ । आर्यनले भने आफ्नै लगानीमा चलचित्र ‘कायरा’ बनाइरहेका छन् ।

दिनेश राउतले बनाउन लागेको नयाँ चलचित्रमा आर्यन नम्रताको विकल्प खोजिरहेका थिए । कारण, नम्रतासँग उनको जोडी धेरै दोहोरिएको थियो । यसैले, उनले दिनेशलाई चलचित्रमा नयाँ नायिका राख्न आग्रह गरे । जुन कुरा दिनेशले स्विकार नगरेपछि चलचित्र बन्न सकेन ।
यहीँबाट नै आर्यन र नम्रताविचको सम्बन्धमा खटपट सुरु भएको बताइन्छ । साथमा, आर्यन र नम्रताबिच दुरी बढ्नुमा आर्यनकी पत्नीको दबाब पनि रहेको श्रोत बताउँछ ।

यसो भन्छिन् नम्रता
मंगलबार आयोजना भएको चलचित्र ‘जाइरा’को पत्रकार सम्मेलनमा नायिका नम्रता श्रेष्ठलाई एक पत्रकारले आर्यनसँगको सम्बन्धको बारेमा प्रश्न तेर्साएका थिए । नम्रताले भनिन्-‘त्यस्तो पानी बाराबारको अवस्था केही पनि छैन । बजारमा त जे पनि हल्ला चल्छ । आर्यन र मैले एउटा चलचित्रमा सँगै खेलेको छैन भन्दैमा बोलचाल नै बन्द भयो भन्ने हुँदैन ।’

चलचित्र ‘जाइरा’का लागि आफूले ६ महिनादेखि मिडिया र साथीभाई कसैलाई पनि नभेटेको नम्रताले बताइन् । चलचित्रको नाम उस्तै-उस्तै लाग्दा दर्शक भ्रमित हुन सक्ने सम्भावनाका बारेमा उनले भनेकी छिन्-‘यो चलचित्रको नाम ३ बर्ष अगाडि नै निर्देशकले राख्नुभएको थियो । अब, आर्यनले ‘कायरा’ बनाए भन्दैमा मैले नाम परिवर्तन गर भन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment