भारतमा जारी इन्डियन प्रिमियर लिगको फाइनल म्याच अगाडि आयोजना हुने भव्य कार्यक्रमको होस्ट बलिउड अभिनेता रणवीर कपुरले गर्ने भएका छन् । २ घन्टा लामो उक्त कार्यक्रम होस्ट गर्न उनले एक करोड भारु पारिश्रमिक पाएको भारतीय मिडियाहरुले जनाएका छन् ।
प्रतिभावान अभिनेता मानिने रणवीरसँग कार्यक्रम सञ्चालनको भने खासै अनुभव छैन । होस्टको रुपमा उनी पहिलोपटक नै ठूलो इभेन्टमा देखिने भएका हुन्, त्यो पनि मोटो पारिश्रमिक लिएर ।
यो कार्यक्रममा बलिउडका सलमान खान, ज्याकलिन फर्नान्डिज, करिना कपुर, सोनम कपुर जस्ता सेलिबि्रटीहरु पनि सहभागी हुँदैछन् । कार्यक्रमलाई ‘क्रिकेट फाइनल्स पार्टी तो बनती है’ नाम दिइएको छ । यो कार्यक्रम सकिएपछि आइपीएल २०१८ को फाइनल म्याच आयोजना हुनेछ । यसको प्रशारण २८ मेमा हुने जनाइएको छ ।
समाचारअनुसार कार्यक्रमको सुरुमा सलमान खान र ज्याकलिनले रेस ३ को गीतमा नृत्य गर्नेछन् । सलमानले क्रिकेटको आफ्नो अनुभव पनि पोख्नेछन् । शोमा सलमान-ज्याकलिनलाई अनिल कपुरको साथ रहनेछ । यसैगरी जोन अब्राहमले आफ्नो फिल्म परमाणुको प्रमोसन गर्ने कार्यक्रम छ । साथै थुप्र टिभी सेलिबि्रटीहरुले पनि कार्यक्रमको शोभा बढाउनेछन् ।
प्रतिक्रिया 4