Comments Add Comment

उपत्यकाबाहिरका विश्वविद्यालयकोे काठमाडाैंस्थित सम्पर्क कार्यालय खारेज


१० जेठ, काठमाडाैं । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् ।

उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले केन्द्रीय राजधानी काठमाडाैं उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । यस्ता सम्पर्क कार्यालयहरुको खास भूमिका र प्रभाव नरहेकोले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको मन्त्री गिरिराजमणि पोखरेलका निजि सचिव पुष्प ढकालले जानकारी दिए ।

ऐनमा कुनैपनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिएका हुन् । आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागि सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment