नायिका ऋचा शर्माको निर्माण तथा अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘सुनकेशरी’को काठमाण्डौको छाया सेन्टरमा प्रिमियर गरिएको छ ।
चलचित्रको प्रिमियरमा सहभागी हुन नायिका करिश्मा मानन्धर, बर्षा सिवाकोटी लगायत पुगेका थिए । अष्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको प्रिमियरमा केही फरक गर्ने कोशिश गरिएको थियो । चलचित्रको कथावस्तु अनुसार, भूतको अवतारमा केही कलाकार हलमा उपस्थित भएका थिए । यसैले, हलमा पुग्नेृ वित्तिकै पत्रकार र चलचित्रकर्मी तर्सिएका थिए ।
हरर चलचित्रको रुपमा प्रचार गरिएको यो चलचित्रले दर्शकलाई बढी हसाँउने प्रतिक्रिया धेरैले दिएका छन् । चलचित्र हेर्न लागि विवेकशिल साझाकी नेतृ रञ्जु दर्शना पनि पुगेकी थिइन् ।
पहिलो भागमा रविन्द्र झाले दर्शकलाई हसाँएका छन् भने दोश्रो भागमा दर्शक तर्सिनेछन् । आजबाट रिलिज भएको यो चलचित्रले मल्टिप्लेक्समा सुखद ओपनिङ गरेको छ ।
प्रतिक्रिया 4