Comments Add Comment

लम्कीचुहा नगरपालिकाले वडाध्यक्षलाई बाँड्यो मोटरसाइकल


१३ जेठ, कैलाली । प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिको सेवा सुविधाबारे निर्णय नगर्दै कैलालीको लम्कीचुहा नगरपालिकाले वडाध्यक्ष र विभागीय प्रमुखरुलाई मोटरसाइकल बाँडेको छ ।

नगरपालिकाले वडा अध्यक्ष र विभागीय प्रमुखहरुलाई १ सय ५० सीसीको १४ थान पल्सर मोटरसाइकल दिएको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा जनप्रतिनिसधहरुलाई करिब अढाई लाख पर्ने मोटरसाइकल बाँडेको भन्दै आलोचना भएको छ ।

स्थानीय शिक्षक रामप्रसाद तिमिल्सीनाले स्थानीय सरकार जनताका काममा ध्यान नदिई सुविधाभोगी भएको बताए । उनले चुनावका बेला गरेका सबै बाचा चुनाव जितेपछि भुलेकोमा दुख लागेको बताए ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त चलाउनेले अभने मोटरसाइकल लिएर गल्ती गरेको महसुस भइरहेको बताए ।

लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाले भने मोटरसाइकल बाँढ्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन् । मोटरसाइकल दिने भन्ने कुरा सुनेको तर भएकालाई नदिई नभएकालाई दिउ भन्ने आफ्नो प्रस्ताव मेयरले अस्वीकार गरेर आफूखुशी गरेको उनले बताइन् ।

नगरपालिकाका मेयर महादेव बजगाईले भने मोटरसाइकल जनप्रतिनिधिलाई नभएर वडा कार्यालयलाई दिएको बताए । समयमा काम सम्पन्न गर्न र अनुगमनका लागि सजिलो होस् भनेर कार्यपालिकाको निर्णयअनुसार सबै प्रक्रिया पूरा गरेर मोटरसाइकल खरिद गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment