Comments Add Comment

विदेश जानेमध्ये १.५ प्रतिशत युवामात्र दक्ष

युवा अर्धबेरोजगारी दर ३५ प्रतिशत


१३ जेठ, काठमाडौं । सरकारी तथ्यांकअनुसार अहिले झण्डै ४० लाख युवा विदेशमा कामका लागि पुगेका छन् । सरकारले अबको ५ वर्षमा यसरी बाध्यात्मक रुपमा विदेशिनुपर्ने अवस्था अन्त्य गर्ने भनेको छ । तर, अहिले पनि हरेक दिन एकहजार युवा विदेश जाने गरेको सरकारले नै स्वीकारेको छ ।

उनीहरुमध्ये अधिकांश अदक्ष कामदार रहेको सरकारकै तथ्यांकले देखाएको छ । यसरी दैनिक विदेशमा कामका लागि जाने १ हजार मध्ये १५ जना मात्रै सिप सिकेर विदेशिन्छन् ।

बाँकी सबै विना सिप विदेशी भूमिमा जोखिम मोलेरै कामका लागि पुग्ने गरेको देखिएको छ ।

नेपालबाट कामका लागि विदेश जानेमध्ये १.५ प्रशितमात्रै दक्ष हुने गरेको पाइएको हो । ७४.५ प्रतिशत युवा कुनै पनि सिप नै नसिकी विदेश जाने जाने गरेको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

विदेश जाने २४ प्रतिशत युवासँग भने आंशिक सिप र दक्षतामा मात्र हुन्छ । यसले गर्दा विदेशमा पनि राम्रो कमाइ गर्न नसक्ने र अनेकन दुःख कष्ट भोग्नुपर्ने अवस्था विद्यमान छ ।

सरकाकरै रिपोर्टअनुसार अहिले औसत दैनिक १ हजार युवा कामको खोजीमा विदेशिन बाध्य छन् । अहिले नेपाली युवालाई रोजगारीका लागि १६७ वटा देश खुला गरिएको छ ।

यसैगरी आथिर्क सर्वेक्षणमा नेपालमा २.३ प्रतिशत मात्रै बरोजगार रहेको उल्लेख छ । अर्धबेरोजारी भने ३० प्रतिशत रहेको अनुमान छ । युवा अर्धबेरोजगारी दर ३५.८ प्रतिशत रहेको अनुमान सरकारको छ ।

चालु आर्थिक वर्षमा सिप सिक्ने युवामा पनि कमी आएको छ । गत वर्ष २० हजार युवाले विभिन्न सिपमुलक तालिम लिएकोमा यो वर्ष त्यो संख्या १३ हजारमा झरेको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment