Comments Add Comment

नग्मादेखि आस्था र्‍याम्पममा


होटल ‘सोल्टी क्राउन प्लाजा’मा भव्य फेशन सोको आयोजना भएको छ । ‘ट्रेसमी दलजीत सुदान रन-वे फेसन शो-२०१८’नाम दिइएको उक्त फेसन शोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकारहरुले र्‍याम्प नापेका छन् । १९२ फिट लामो युसेफ र्‍याम्पमा मोडलहरु हिडेका थिए । मोडहलरुले ३ ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनमा र्‍याम्प नापेका थिए । हरु भएका थिए ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन-वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवर्द्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्‍याउनु रहेको बताइएको छ । १६ महिला र ८ पुरुष गरी २४ मोडलले र्‍याम्पममा क्याटवाक गरे ।

नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै टप तथा ब्यवसायी मोडलहरु विरालो चालमा र्‍याम्पमा देखिएका थिए । उत्कृष्ट २४ मोडल मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए । दलजित सुदान विश्वमै परिचित डिजाइनर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment