Comments Add Comment

सुपरहिरो ! यसरी बचाए चार तलामाथि झुन्डिएका बच्चालाई

फ्रान्सको पेरिसमा एक युवकले अपार्टमेन्टको चौथो तल्लामा झुन्डिरहेको बच्चालाई आफ्नो ज्यान जोखिममा राखेर बचाएका छन् ।

शनिबार अपरान्ह रुइमाक्र्स-डोर्मोएको एक अपार्टमेन्टको बार्दलीमा चारवर्षे बालक झुन्डिएका थिए । बाबु किनमेलका लागि बाहिर गएको बेलामा खेल्दै गरेका बच्चा एक्कासी बार्दलीमा झुन्डिएका थिए । तर, ‘सुपर हिरो’ले बचाएका छन् ।

बाटोमा हिँडिरहेका २२ वर्षीय युवन मामोउडु गासामाले बच्चा झुण्डिरहेको देखेका थिए । उनी अरु कुरा केही पनि नसोची फटाफट झुण्डिएर एकपछि अर्को तला चढ्न थाले ।

बच्चा भएको ठाँउसम्म पुग्नका लागि जम्मा ३० सेकेण्ड लगाए र बच्चालाई बचाउन सफल भए ।

यस्तो साहसिक कार्यपछि उनलाई सिनेमाको स्पाइडरम्यानसँग तुलना गर्न थालिएको छ । बच्चालाई बचाउनका लागि किन त्यस्तो जोखिम मोलेकोे भन्ने प्रश्नमा गासामाले भने, ‘उसको स्थिति देखेर मलाई माया लाग्यो, त्यसैले जोखिम उठाएँ ।’

डोरी वा अन्य कुनै सुरक्षा सामग्री बिना नाङ्गो हातले सजिलै भवनमा चढेका उनलाई प्रत्यक्षदर्शीको भीडले हौसला दिइरहेको थियो । चौथो तलामा पुगेपछि गासामाले बच्चालाई समाते र सुरक्षित रुपमा बाहिर ल्याएका छन् ।

बच्चा झुन्डिएपछि एक छिमेकीले बच्चालाई अर्को बार्दलीबाट बचाउन कोसिस गरिरहेका थिए र उनले यसबारे वायुणयन्त्रका कर्मचारीलाई सूचना पनि दिएका थिए ।

तर, उनीहरु आइपुग्नु अगाडी नै गासामा एक्सनमा आए र बच्चालाई बचाएका छन् । ६ महिना अघि मात्रै मालीबाट प|mान्स आएका गासामा मोन्ट्रेउलमा बस्छन् ।

पेरिसका मेयरले गासामाको साहसिक कार्यको प्रशंसा गरेका छन् । मेयर एन्नी हिडाल्गोले टि्वटरमा पोस्ट गरेका छन्, ‘मामोउडु गासामाको बहादुरीको लागि बधाई छ, अघिल्लो राति उनले एक बच्चालाई बचाए । मलाई उनीसँग फोनमा कुरा गरेर धन्यवाद दिँदा खुशी लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment