+
+

हुलाक बचत बैंक खारेज, डिपोजिट रकम बाणिज्य बैंकमा सारिने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते १९:२४

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक गर्दै हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेको छ । साथै यस्तो बैंकमा जम्मा भएको रकम खातासहित बाणिज्य बैंकमा सारिने भएको छ ।

हाल विश्वका ६० मुलुकमा यसरी हुँलाक प्रशासन मार्फत बैंक सेवा प्रदान गरिन्छ । नेपालमा भने आर्थिक वर्ष ०३३/३४ देखि यस्तो सेवा सुरु भएको थियो । कतिपय देशमा यसलाई ‘गरिबको बैंक’ भनेर पनि ब्याख्या गर्ने गरिएको छ ।

आर्थिक वर्ष ०५०/५१ सम्ममा ७० वटा जिल्ला हुलाक कार्यालय, ४ वटा क्षेत्रीय हुलाक निर्देशनालय, १ गोश्वारा हुलाक कार्यालय र ४२ इलाका हुलाक कार्यालय समेत गरी ११७ वटा हुलाक कार्यालयहरुमा यो सेवा विस्तारित भएको थियो ।

यस बैंकमा बचत खाताको मात्र कारोवार हुन्छ र बचतकर्तालाई दिनुपर्ने व्याज सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ । यसमा १ सय रुपैयाँमा खाता खोली १ सय रुपैयाँ मात्रै रकम मौज्दातको रुपमा राख्न सकिन्थ्यो ।

हुँलाक बचत बैंकले ३ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो । तर, ७० वर्ष भन्दा माथिका बृद्धबृद्धाले खोलेको खातामा भने ४ प्रतिशत बराबरको ब्याज दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?