+
+

चितवनको एभरेष्ट पेन्ट उद्योगमा आगलागी, नियन्त्रण प्रयास हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते ८:५१

१६ जेठ, चितवन । भरतपुरको एभरेष्ट पेन्ट्स उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे अागाे लागेको हाे ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगो नियन्त्रणमा लिन हेटौंडाबाट समेत दमकल ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

आगलागीको कारण खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?