Comments Add Comment

नेकपा संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

देव गुरुङ प्रमुख सचेतक, शान्ता चौधरी सचेतक नियुक्त


१६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्टको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता चयन गरेको हो ।

नेम्वाङ यसअघि तत्कालिन नेकपा एमालेको पनि उपेनता थिए । त्यस्तै नेकपाको प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरी चयन भएका छन् । दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा उनीहरु चयन भएका हुन् ।

गुरुङ यसअघि तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए भने चौधरी तत्कालिन एमालेको सचेतक थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment