+
+

एसएसपी श्याम खत्रीको बयान सकियो, थुनछेक बहस सुरू

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १७ गते १६:०२

१७ जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ ।

उनले बिहीबार बिहान जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । लगत्तै, उनको बयान सुरु भएको थियो ।

जिल्ला अदालतका अनुसार उनको थुनछेक बहस केहीवेरमा सुरु हुँदैछ । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको छ ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

यो पनि पढ्नुस् 

गोरेको बयान- एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ

एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?