+
+

प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाख ठगेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १९:०४

११ जेठ, मोरङ । प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ बस्‍ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

पासवानले कटहरी-५ बस्‍ने सम्पतलाल झागडका छोरा राजकुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्‍दै ३ लाख ३० हजार नगद ठगी गरेको प्रहरीको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?