+
+

जुवातास खेलेको आरोपमा काठमाडौंबाट २२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १६:४३

११ जेठ, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट २२ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटल सचालिका गुरुङसहित ७ जनालाई ४७ हजार ४५० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको हो ।

यसैगरी गोकर्णेश्‍वर नगरपालिका–४ माकलबारी बस्ने देबराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार १ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?