Comments Add Comment

मुटु रोगको प्रभाव सम्बन्धी साक्षरता कार्यक्रम

१७ जेठ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले क्यान्सर काउन्सिल नेपाल सँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

काठमाण्डौं स्थित भिएस निकेतनमा अध्यनरत करिव ३५० भन्दा बढी विधार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुटु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकाशमा बाणिज्य बैंकको भूमिका तथा यसले प्रदान गर्दै आएको सेवा-सुविधाको बारेमा विधार्थीहरुलाई जानकारी दिएको थियो ।

उक्त कार्यक्रमलाई अझ प्रभावकारी बनाउन हास्य कलाकार मनोज गजुरेलको समेत उपस्थिति रहेको थियो । यस्ता जनचेतनामुलक कार्यक्रमलाई आगामि दिनहरुमा निरन्तरता दिइरहने समेत बैंकले जारी विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment