+
+

एक वर्ष बित्यो मास्क मात्र बिक्यो मेयरज्यू (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७५ जेठ १८ गते ०:००

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित भएको बिहीबार एक वर्ष पुगेको छ । अघिल्लो वर्ष भएको स्थानीय निर्वाचनमा निर्वाचित भएपछि उनले काम सुरु गरेको एक वर्ष पुगेको छ ।

एक वर्षमा आफूले प्रतिवद्धता गरेको धेरै काम गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ । बिहीबार मेयर शाक्यको विरोधमा विवकेशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन नै गर्‍यो ।

प्रदर्शनमा तत्कालीन विवकेशील नेपाली पार्टीको तर्फबाट चुनावमा मेयर शाक्यकी प्रतिस्पर्धी रञ्जु दर्शना पनि सहभागी थिइन् ।

विवेकशील साझा पार्टीले ‘एक वर्ष वित्यो, मास्क मात्र बिक्यो मेयर ज्यू’, एक सय एक काम होइन एक सय एक भ्रम रहेछ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?