+
+
Shares

स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार संकटमा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते ८:१९


१८ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ ।

प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।

अविश्वासको प्रस्तावमा शुक्रबार मतदान हुने बीबीसीले जनाएको छ । प्रस्तावको पक्षमा बहुमतको लागि १७६ भोट चाहिन्छ । रखायसँग पिपुल्स पार्टीसँगै थियोदादानोस र क्षेत्रीय पार्टीहरुको समर्थन छ । यी सबैको भोट जोड्दा १६९ मात्र पुग्ने बताइएको छ ।

त्यसैले विपक्षी सोशलिस्ट पार्टीका नेता सान्चेजले राजीनामा दिन प्रधानमन्त्री रखायलाई आग्रह गरेका छन् । तर पिपुल्स पार्टीका महासचिव सोशलिस्ट पार्टीका महासचिव मारिया डोलोरसले भने प्रधानमन्त्री रखायले राजीनामा नदिने बताएको बीबीसीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?