Comments Add Comment

अर्पणको दमदार अभिनय, ‘अमेरिका बोइज’ले हसाउँछ अनी रुवाउँछ


आजबाट रिलिज भएका ३ नेपाली चलचित्रमध्ये एक हो, ‘अमेरिका बोइज’ । प्रवेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रले २ घन्टा १० मिनेट दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ ।

हिरा र चिठ्ठा परेको टिकटको कथामा घुमेको यो चलचित्रमा अर्पण थापा, अभय बराल, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की, आशिष प्रसाइ मुख्य भूमिकामा छन् ।

अमेरिकाको डीभी पर्‍यो भनेर घरबाट ३-३ लाख रुपैयाँ मगाएर काठमाण्डौमा मोज गर्ने ३ यूवाको कथामा यो चलचित्र बनेको छ । चलचित्र हेरुन्जेल दर्शकलाई दिक्क कतै लाग्दैन । अर्पण, अभय र आशिषले चलचित्र पुरै होल्ड गरेका छन् । चलचित्रको कमेडी उत्कृष्ट छ । चलचित्रमा दुई अर्थी लाग्ने शब्दहरुको भरपुर प्रयोग गरिएको छ । कतिपय शब्दहरुमा सेन्सर बोर्डले किन सेन्सर लगाएन भन्ने प्रश्न पनि उठ्न सक्छ ।

नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् । यो चलचित्र हेरिसकेपछि दर्शकलाई अर्पण थापा मात्र याद आउँछन् । उनले सुरुदेखि अन्त्यसम्म चलचित्र बोकेका छन् । उनको संवाद बोल्ने शैली र अभिनय उत्कृष्ट छ । अभय र आशिष पनि आफ्नो भूमिकामा जमेका छन् ।

चलचित्र दर्शकलाई हसाउँदा हसाउँदै रुवाउँछ । यूवाहरुले भोगेको पीडा र गलत काम गर्दा आइपर्ने समस्यामा यो चलचित्र बनेको छ । चलचित्र हेरेर निस्कदा दर्शकले त्यस्तो नयाँ कुरा केही पनि पाउँदैनन् । तर, चलचित्र हेरुन्जेल दिक्क पनि कतै मान्दैनन् । ‘अमेरिका बोइज’ नाम अनुसार नै रमाइलो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment