+
+
Shares

प्रदेश १ मा बजेटका प्राथमिकता बारे छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १८ गते १७:३५

१८ जेठ, विराटनगर । प्रदेश १ को प्रदेश सभामा आर्थिक वर्ष ०७५/७६ को बजेटको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि शुक्रबारदेखि छलफल शुरु भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी शुक्रबारको बैठकमा प्रस्तुत गरेका थिए ।

प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सत्तापक्ष नेपाल कम्युस्टि पार्टीका विमल कार्कीले संविधान र राजनीतिक दलको घोषणापत्रलाई आत्मसाथ गरेर बजेटका सिद्धान्त र प्राथमिकता अघि सारिएको बताए ।

उनले आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गर्नुभएको प्रस्तावमा समृद्ध प्रदेश र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्मक रहेको भनाइ राखेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शेखरचन्द्र थापाले ऐनलाई मात्र छुएर कर्मकाण्डी गर्ने विधिबाटमात्र बजेट ल्याउन खोजेको बताए ।

उनेले पूर्व बजेटको बारेमा टिप्पणी गर्दै राजस्व र व्ययको आधारमा मात्र बजेट ल्याउन खोजिएको भन्दै सरकारको बजेट नीतिको आलोचना गरेका थिए ।

प्रदेश राजधानीको नाम र स्थायी राजधानीको टुङ्गो लगाउन नसकिएको अबस्थामा समृद्धिको बाटोमा यो बजेटबाट कसरी बिकासको अपेक्षा गर्न सकिन्छ थापाले भने, ‘सरकारले बजेट निर्माणको पक्षमा प्रतिपक्षलाई पूर्णरुपमा बेवास्था गरेको छ,मुल बाटोको सट्टा जसकेलाबाट सरकार बजेट ल्याउने कुरामा केन्द्रित भएको छ ।’ उनले भने ।

सत्तापक्ष नेपाल कम्युस्टि पार्टीका सांसद लक्ष्मण तिवारीलेे आगामी बजेटले पूर्वाधार निर्माण, गरिबी अन्त्य, सुशासन प्रवर्द्धनका साथै तल्लो वर्ग र समुदायलाई आत्मनिर्भर बनाउन ध्यान दिनुपर्ने बताए ।

छलफलमा भाग लिदै सत्तापक्षका सांसदहरुले व्यापार घाटा न्यूनिकरण गर्ने, स्थानीय सरकारलाई बलियो बनाउने, मजदूरहरुलाई माथि उठाउने र सरकारले अघि सारेको विकास एवं समृद्धिको नारालाई मूर्तरुप दिने बजेट ल्याउन सुझाव दिए । प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?