Comments Add Comment

हलमा ‘हरि’को हरिविजोग


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘हरि’ले निकै कमजोर व्यापार गरेको छ । समिक्षकहरुले राम्रो भनेको यो चलचित्रलाई दर्शकले भने मन पराएनन् ।

चलचित्रको प्रस्तुतिलाई समिक्षकहरुले तारिफ गरेका थिए । तर, चलचित्रमा मनोरञ्जन नभेट्टाएपछि हलबाट दर्शकहरु गाली गर्दै निस्किएका थिए ।

यो चलचित्रमा नायक विपिन कार्की मुख्य भूमिकामा छन् । उनले, चलचित्रमा ४ वटा फरक-फरक भूमिका निर्वाहा गरेका छन् । विपिन कार्कीको भूमिका र उनको अभिनयलाई प्रशंसा गरिएको छ ।

तर, चलचित्रको सिंगल र मल्टिप्लेक्समा व्यापार दयनिय छ । काठमाण्डौको एक मप्टिप्लेक्समा त दर्शकहरुले यस्तो चलचित्र पनि चलाउने हो भन्दै हलका कर्मचारीलाई गाली गरेका थिए ।

काठमाण्डौको गोपिकृष्ण हलमा चलचित्रको व्यापार शुक्रबार करिब ३५ सय र शनिबार करिब ७ हजार रहेको वुझिएको छ । काठमाण्डौका मल्टिप्लेक्समा शनिबार पनि यो चलचित्रले दर्शक तान्न सकेन । हलमा आएका दर्शक पनि विच्किएर फर्किएका थिए ।

नायक विपिन कार्कीले भने अहिलेसम्म नै आफूले गरेको चलचित्रमध्येको उत्कृष्ट भूमिका ‘हरि’मा गरेको बताएका छन् । विपिनले चलचित्रमा अभिनय राम्रो गरेपनि दर्शक तान्ने क्षमता भने राख्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment