Comments Add Comment

३१ बर्ष पुगिन् दबंग गर्ल, यस्तो छ उनको रोचक कुरा

सोनाक्षी सिन्हा, जो बलिउडमा आउनुअघि ‘हिरोइन’ जस्ती थिइनन् । उनको शरीर अस्वभाविक मोटो थियो । तर, सलमान खानले उनलाई आफ्नो होम प्रोजेक्ट ‘दबंग’का लागि अफर गरे । ९० केजी तौलकी मोटी सोनाक्षीले आफुलाई हिरोइनमा रुपान्तरण गर्न शरीरको थुप्रै बोसो पगालिन् । उनले करिब ३० केजी तौल घटाइन् । र, हिरोइनको लागि फिट भइन् । अनि यसरी पर्दापण भइन्, ‘थप्पड से डर नहीं लगता साहब, प्यार से लगता है ।’

३१ बर्षमा पुगिन्

दबंग गर्ल सोनाक्षी सिन्हाले हिजो शनिवार ३१ औं जन्मदिनको केक काटेकी छिन् । २ जुन १९८७ मा जन्मिएकी उनी यस्ता अभिनेत्री हुन्, जसले एकपछि अर्को हिट फिल्म दिइन् । ‘दबंग’ पछिका उनका अधिकांश फिल्मले बक्स अफिसमा धमका मच्याइदियो । यसअर्थमा उनलाई भाग्यमानी अभिनेत्रीको रुपमा पनि लिइन्छ ।

सोनाक्षीसँग जोडिएका रोचक कुरा


-तपाईंलाई अनौठो लाग्न सक्छ कि, सोनाक्षीले कस्ट्युम डिजाइनरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले फेसन डिजाइनिङमा ग्राजुएट गरेकी हुन् । उनले २००५ मा फिल्म ‘दिल लेके देखो’का लागि कस्ट्युम डिजाइन गरेकी थिइन् । सोनाक्षी मोडलिङ पनि गरिसकेकी छिन् । सन् २००८ र २००९ मा उनले लेक्मी फेसन विकका लागि र्‍याम्प वर्क गरिसकेकी छिन् ।

– बलिउडमा डेब्यु गर्नुअघि सोनाक्षीको तौल ९० बिलो थियो । फिल्म ‘दबंग’मा एक गाउँका युवतीको भूमिमा फिट हुने भएकाले सोनाक्षीलाई ३० किलो तौल घटाउन लगाइयो । यति तौल घटाउनका लागि उनलाई करिब २ बर्ष लाग्यो ।

– तौल कम गर्नका लागि सलमानले सोनाक्षीलाई एकदमै सहयोग गरे । उनले सोनाक्षीलाई खुब पैदल हिँडाउने गर्थे । हुन त उनका पिता सत्रुध्न सिन्हा छोरीलाई फिल्म क्षेत्रमा आएको हेर्न चाहँदैनथे । तर, जब सलमानले जिद्दी गरे, तब उनी पग्लिए ।

– सोनाक्षीले आफ्ना पितासँग वाचा गरेकी थिइन् कि, उनले आफ्ना परिवारको इज्जतको पुरा ख्याल राख्नेछन् । त्यही कारण उनले फिल्ममा अहिलेसम्म बिकिनी लगाएकी छैनन्, न त किसिङ सिन नै दिएकी छिन् । फिल्म साइन गर्नुअघि नै उनी निर्माता र निर्देशकसँग यो कुरामा स्पष्ट गर्छिन् ।

– सोनाक्षी बलिउडकी अन्य हिरोइन जस्तै साइज जीरोको वाकलत गर्दिनन् । उनलाई लाग्छ कि, उनी यस उद्योगमा अभिनय गर्नका लागि आएकी हुन्, तौल घटाउनका लागि होइन ।

– कति पटक सोनाक्षी सिन्हा र अभिनेत्री रीना रायलाई तुलना गरेर हेरिन्थ्यो । तर, यसमा सोनाक्षीले बिरोध गरिरहिन् । रीना राय जस्तै देख्छ भन्ने कुराको खण्डन गर्दै उनले भनेकी थिइन्, म मेरी आमा पुनम सिन्हा जस्तै देखिन्छु ।

– सोनाक्षी खानेकुराको एकदमै सौखिन छिन् । उनलाई भारतिय र थाई खाना एकदमै मनपर्छ । उनी कहिले काहीँ जंकफूड पनि खाने गर्छिन् ।

– उनलाई पेन्टिङमा एकदमै सौख छ । फुर्सदको समयमा उनी पेन्टिङ गर्छिन् । यसका साथै उनले आफ्नो घरमा एक स्टुडियो पनि बनाएकी छिन् ।

– सोनाक्षीलाई साडी एकदमै मनपर्छ । फिलम ‘लुटेरा’को एक गीतमा उनले ९ वटा साडी लगाएकी थिइन् । त्यसको मूल्य भारु ३० हजार देखि ३५ हजार रुपैयाँ बीचमा थियो । कुल मिलाएर सोनाक्षीले यस गीतको लागि भारु तीन लाखको साडी लगाएकी थिइन् ।

– अभिनयका साथसाथै सोनाक्षी गीत पनि गाउने गर्छिन् । फिल्म ‘रियो २’ मा ज्वेल नामको क्यारेक्टरका लागि उनले गीत गाएकी थिइन् । र, फिल्ममा उनले आफ्नो आवाज पनि दिएकी थिइन् ।

– अभिनय, गायनका साथै सोनाक्षी राजनीतिमा पनि निकै रुची राख्ने गर्छिन् । तर, राजनीतिक क्षेत्रमा आउने भने उनको इच्छा छैन ।

– सोनाक्षीको नाम बन्टी सचदेवसँग जोडिएको थियो, जो पूर्व-बिबाहित हुन् । साथै सोनाक्षीभन्दा उमेरले निकै जेठो पनि हुन् । त्यसका साथै सोनाक्षीको नाम रणवीर सिंहसँग जोडियो ।

– सोनाक्षीको सबैभन्दा मनपर्ने निर्देशक संजय लिला भन्साली हुन्, राम्रा अभिनेता ऋतिक रोशन हुन् । जबकी उनको मनपर्ने अभिनेत्री रानी मुखर्जी हुन् ।

– सोनाक्षीलाई कवड्डी जस्ता खेल मनपर्छ । उनी युनाइटेड सिंग्स नामको कवड्डी टिममा युकेको कम्पनी हायरे गूपको साझेदार मालिक पनि हुन् ।

– सोनाक्षी जनवारलाई एकदमै प्रेम गर्छिन् । उनले कुकुर, बिरालोको पक्षमा भएको एक अभियानमा सहभागिता नै जनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment