Comments Add Comment

प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा, कर्णाली बाहिरियो

फाइल तस्वीर

२० जेठ, काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा आर्मीले प्रदेश ४ लाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।

मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले २९ ओभरमा ७६ रन बनाएर अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाए भने अरु खेलाडी सस्तैमा आउट भए । प्रदेश ४ का ६ खेलाडीले खाता खोल्नै सकेन ।

आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३-३ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो । आर्मीको जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान गरे । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए ।

कर्णाली बाहिरियो

यता टियू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले कर्णालीमाथि ९ विकेटको सहज जित हासिल गर्‍यो । जितसँगै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ भने कणर्ाली बाहिरिएको छ । समूह बीमा उसले चार खेलबाट १ अंकमात्र जोड्न सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली लीले २२.५ ओभरमा ५५ रनमा अलआउट भयो । उसका लागि विजय विष्टले १७ रन बनाए भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङतर्फ प्रदेश ५ का कप्तान शक्ति गौचनले ३ विकेट लिए । म्यान अफ म्याच चुनिएका उनले ६ ओभर बलिङ गर्दा ३ मेडन राख्दै ४ रनमात्र खर्चिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै लिए ।

प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दीप सुनारले २७ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment