+
+

चितवनले पनि माग्यो प्रदेश ३ को राजधानी, संसदमा प्रस्ताव दर्ता

राजन दाहाल राजन दाहाल
२०७५ जेठ २० गते २०:०३

२० जेठ, हेटौंडा । चितवन जिल्लाले पनि प्रदेश ३ को राजधानी माग गरेको छ । हाल हेटौंडामा अस्थायी राजधानी रहेको यस प्रदेशको स्थायी राजधानी माग गर्दै चितवनका १३ जना प्रदेश सांसदले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

काभ्रे, रसुवा, नुवाकोट र भक्तपुरका सांसदले पनि आफ्नो जिल्लामा राजधानी माग गर्दै प्रदेशसभामा प्रस्ताव दर्ता गारइसकेका छन् ।

चितवनका सांसदहरु बलराम पौडेल, रामलाल महतो, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भुर्तेल, पार्वती सिलवाल, घनश्याम दाहाल, भावना सुवेदीलगायतको हस्ताक्षरमा प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको छ । सांसदहरु कञ्चन खनाल, गिता वाग्ले, विजय सुवेदी, रिना गुरुङको नाम उल्लेख भए पनि हस्ताक्षर छैन ।

प्रदेशसभाले राजधानी सम्भाव्यता अध्ययन गर्न गठन गरेको विशेष समिति सदस्यसमेत रहेका नेकपाका सांसद विजय सुवेदी र राप्रपा (प्रजातान्त्रिक) कि रिना गुरुङले आचार संहिताका कारण हस्ताक्षर नगरेको एक सांसदले बताए ।

विशेष समितिले अध्ययन प्रभावित हुने कुनै काम नगर्न भन्दै प्रदेश सरकार, प्रदेश सभाका पदाधिकारी र सदस्यहरुलाई आचारसंहिता जारी गरेको थियो । सांसद बलराम पौडेलले सबैको सहमति लिएर नै नाम उल्लेख गरेको दाबी गरे ।

सांसदहरुले पेश गरेको प्रस्तावमा ‘देशको मध्य भागमा रहेको वातावरणीय हिसाबले अनकुल, भौतिक पूर्वाधारका सम्पूर्ण संरचना तयार रहेको स्थलमार्ग र हवाई मार्गबाट समेत सुविधा रहेको’ चितवन जिल्लालाई प्रदेश ३ को राजधानी स्थायी रुपमा कायम गर्न माग गरिएको छ ।

यसअघि काभ्रेका सांसदले गत चैत १४ गते, रसुवा र नुवाकोटका सांसदले १५ र भक्तपुरका सांसदले चैत २६ गते छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?