Comments Add Comment

राजेन्द्रले जिते मेरिल्याण्ड चित्रकलाको प्रथम पुरस्कार


अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको एनापोलिसमा भएको चित्रकला प्रदर्शनी प्रतियोगितामा राजेन्द्र केसी प्रथम भएका छन् ।

एक दशकदेखि डीसी क्षेत्रमा बस्दै आएका केसी अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।

प्रतियोगितामा दर्जनौ कलाकारहरुले चित्र प्रस्तुत गरेका थिए । तर दर्शक तथा निर्णायकहरुले केसीका चित्र रूचाए ।

पुरस्कारको राशि ५ सय अमेरिकी डलर नगदसहित सम्मानपत्र रहेको छ ।

केसीले बनाएको चित्र तत्कालै बिक्री समेत भएको छ ।

केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा प्रतिभा लुकाएर बस्नु परे पनि प्रतियोगिताले प्रस्फुटन हुने मौका दिएको बताए ।

ललितपुरको जावलाखेल घर भएका केसी १० वर्षअघि स–परिवार अमेरिका आएका थिए । सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता शुरु गरेका केसी सफलताले थप ऊर्जा मिलेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment