+
+

प्रदिपको जवाफ-‘मिलन दाई र म दुबै हिट, दुबै व्यापारी’

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २१ गते १२:३५


चलत्रिमा सफलताको खुड्किलो चढेसँगै व्यवहारमा परिपक्व पनि बन्न खोज्दैछन् नायक प्रदिप खडका । उनले संयम गुमाएको भए निर्देशक मिलन चाम्ससँग ठूलै दुश्मनी बोक्ने थिए । तर, धैर्य भएर सम्वन्ध सुधार्न सफल भए । मिलन आगो हुँदा उनी पानी बनेर निभाइदिएका छन् ।
मिलनले प्रदिपविरुद्ध मिडियामा थुप्रै आरोप लगाएका थिए । तर, प्रदिपले ती आरोपहरुको कुनै जवाफ दिएनन् । न प्रत्यारोप नै लगाए । बरु मौन बसिदिए । अन्ततः मिलन पनि गलेका छन् ।

आइतबार एक कार्यक्रममा मिलन र प्रदिप खड्का एक साथ थिए । कार्यक्रममा प्रदिपलाई उनीहरुको दुश्मनीको विषयमा सोधिएको थियो । जवाफमा प्रदिपले दुश्मनलाई भन्दा पनि दुश्मनीलाई मार्नुपर्ने जवाफ दिए ।

उनले भने-‘मेरो बिषयमा समाचार आएपछि मैले मिलन दाइलाई फोन गरेँ र कुरा गरेँ । सबैको आ-आफ्नो सोच हुन्छ, नयाँ कुराका लागि यस्तो सामान्य मतभेद भैहाल्छ ।’

प्रदिपले अगाडि भने-‘सम्बन्ध कहिल्यै पनि मर्दैन । दुश्मनलाई होइन कि दुश्मनीलाई सिध्याउन पर्छ । हाम्रो सोच पनि यही नै हो ।’ मिलन र प्रदिपको सहकार्य भने लिलिबिलीपछि टुटेको छ । मिलनले नायक अनमोल केसीलाई लिएर चलचित्र बनाउँदैछन् भने प्रदिप गोविन्दसँग मिलेर चलचित्र बनाउने तयारीमा छन् । प्रदिप र गोविन्दले बनाउन लागेको चलचित्र ‘लभस्टेसन’को सोही कार्यक्रममा घोषणा गरिएको थियो । यो चलचित्रको निर्देशन उज्ववल घिमिरेले गर्दैछन् ।

आखिर, किन अलग भएर चलचित्र बनाउनु भएको भन्ने प्रश्नमा प्रदिपले भने-‘हामी दुबै जना खुंखार व्यापारी हौँ । मिलन सर पनि हिट हुनुहुन्छ, म पनि हिट नै छु । यसैले, एउटै चलचित्रमा लागेर पैसा कमाउनु भन्दा दुई जना दुईतिर लागेर पैसा कमाउनुपर्छ भन्ने सोचले हामी अलग भएका हौं ।’

प्रदिपको कुरा सुन्दा उनी बोल्नमा पनि खुंखार भइसकेछन् भन्ने बुझ्नुपर्छ । जे होस प्रदिप र मिलनको सम्वन्ध सुधार हुनु उनीहरुका शुभचिन्तकका लागि सुखद समाचार हो ।

मिलन र प्रदिपको आवेगपछिको मिलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?