Comments Add Comment

चारकिलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध

नारायणगढ-मुग्लिन सडकमा पहिरो । फाइल तस्वीर

२२ जेठ, चितवन । निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । विहान एकतर्फी मात्रै खुलेको सडक खुलाउने क्रममा थप पहिरो झरेपछि अहिले दुईतर्फी नै अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

मुग्लिनबाट चारकिलोमिटर नारायणगढतर्फ चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेको थियो । बिहानैबाट पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको हो ।

पहिरो पन्छाउने काम जारी नै रहेको नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । केहीबेरमा सडक खुलाउन सकिने देखिएको खनालले जनाए ।

इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिनअघि मात्रै पहिरो खस्दा तीन घण्टा यातायात अवरुद्ध भएको थियो । यहाँ पटक-पटक पहिरो खस्ने गर्छ । हाल नारायणगढ-मुग्लिन सडक निर्माणको ९.४ प्रतिशत मात्रै काम पूरा गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment