Comments Add Comment

राष्ट्रपतिले सार्वजनिकस्थलमै महिलालाई चुम्बन गरेपछि…

२२ जेठ, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे एक सार्वजनिक कार्यक्रममा एक महिलालाई भिडबाट बोलाएर चुम्बन गरेपछि विवादमा तानिएका छन् ।

७३ वर्षीय डुटार्टेले आइतबार दक्षिण कोरियामा एक सभालाई सम्बोधन गर्दैगर्दा मञ्चमा एक युवतीलाई बोलाए र चुम्बन गर्न राजी गराए ।

फिलिपिनी मूलका दुई महिलालाई राष्ट्रपतिको मञ्चमा एक पुस्तकको निःशुल्क प्रति दिन बोलाइएको थियो । उनले पहिले एक महिलालाई अंगालो मारे र गालामा चुम्बन गरे । त्यसपछि उनले अर्की महिलालाई ओठमा चुम्बन गरे ।

यो दृश्यले भीडको ध्यान आकर्षण गर्‍यो सभामा धेरैजसो दक्षिण कोरियामा कार्यरत फिलीपिनी मूलका कामदारहरु थिए ।

फिलिपिन्सको ग्याबि्रएला समूहले राष्ट्रपति डुटार्टेको यस्तो हर्कतको निन्दा गरेको छ । समूहले यस कार्यलाई घिनलाग्दो भन्दै डुटार्टे महिलाविरोधी भएको आरोप लगाएको छ ।

डुटार्टेले जसलाई चुम्बन गरेका थिए ती महिलाले भने राष्ट्रपतिको उक्त चुम्बनमा दुर्भावना जस्तो कुनै कुरा नभएको बताएकी छिन् ।

डुटार्टेमाथि महिलालाई अनुचित व्यवहार गरेको आरोप लागेको यो पहिलोपटक भने होइन ।

महिला अधिकारवादी समूहले सोमबार यो घटनाको बारेमा निन्दा गर्दै भनेको छ, ‘यस्तो बारम्बार दोहोर्‍याइने हर्कत मनोरञ्जक होला तर खासमा यो उनको घट्दो लोकपि्रयताको वास्तविकता छिपाउनको लागि हो । यसको कारण उनको कार्यकालमा भएका गैरकानूनी हत्या, विवादित कर सुधार र भष्ट्राचारसँग जोडिएका काण्डहरु हुन् ।’

राष्ट्रपतिमाथि महिलालाई दुर्व्यवहार गरेको आरोप बारम्बार लागे पनि फिलिपिन्स र विदेशमा रहेका फिलिपिनी कामदारहरुको बीचमा उनी धेरै नै लोकपि्रय छन् ।

फिलिपिनी मूलका कामदारका अनुसार उनीहरुले डुटार्टेलाई मन पराउनाको कारण उनले फिलिपिन्सको राम्रो छवि प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment