+
+

नम्रता र विपिनको ‘प्रसाद’मा जोडिए निश्चल

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २३ गते ११:४६


निःसन्तान दम्पत्तीको कथामा तयार हुन लागेको चलचित्र ‘प्रसाद’मा अब निर्देशक निश्चल बस्नेत पनि जोडिएका छन् । निश्चल यो चलचित्रमा कलाकारको रुपमा जोडिएका हुन् । चलचित्र ‘लुट, टलकजंग भर्सेस टुल्के र लुट २’ निर्देशन गरेपछि निश्चलको मोह अभिनयतर्फ बढेको छ ।

उनले, केही चलचित्रका आइटम गीतमा नृत्य र अभिनय गरेका छन् । अब, उनी दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्रमा जोडिएका हुन् । चलचित्रको निर्माणपक्षले निकै चुनौतीपूर्ण र पृथक भूमिकामा निश्चललाई देखाउन लागिएको छ । चलचित्रका निर्देशक राउतले कथा तयार भएपछि आफ्नो दिमागमा पहिलो तस्बिर नै निश्चलको आएको बताए ।

निर्देशक बस्नेतले आफू चलचित्र खेल्न हतार नगर्ने भन्दै यसको कथावस्तु सुनेपछि भने काम गर्न तयार एको बताए । उनले, चलचित्रको कथा निकै राम्रो रहेको समेत सुनाए । ‘यो फिल्ममा आबद्ध भएर मैले पनि राम्रो गर्न सकें भने मेरो करिअरको लागि पनि र चलचित्रको लागि पनि उपलब्धि नै हुन्छ की भन्ने सोचेर पनि खेल्न राजी भएको हुँ, निश्चलले भने ।

असार १ देखि छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । निश्चलको आबद्धतालाई लिएर अभिनेता विपिन कार्कीले पनि खुशी व्यक्त गरे । भने, ‘कथा सुन्ने बित्तिकै मैले त पात्रको चरित्रका हिसाबले पनि र लुक्सका हिसाबले पनि मेरो दिमागमा निश्चल बाहेक अर्को कोही हुनै सक्दैन भन्ने मनमा आएको थियो । तर मैले यो कुरा कसैलाई भनेको थिइनँ । मेरो अपोजिटमा निश्चललाई पाउँदा सबैभन्दा खुशी छु ।

सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?