Comments Add Comment

खुला प्रतिस्पर्धाबाट आएका १६ न्यायाधीशले लिए सपथ

२३ जेठ, काठमाडौं । नवनियुक्त १६ जना जिल्ला न्यायाधीशहरुले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मंगलबार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले नियुक्त गरेका १६ जना जिल्ला न्यायाधीसले बुधबार सर्वोच्च अदालतमा एक समारोहका बीच पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढंगानाले न्यायाधीशहरुलाई सपथ गराएका थिए । संविधानको धारा १४९ को उपधारा २ मा व्यवस्था भएबमोजिम परीक्षा प्रणालीबाट नियुक्त गरिएका जिल्ला न्यायाधीशहरुलाई कायममुकायम प्रधानन्यायाधीश जोशीको उपस्थितिमा पाटन उच्च अदालतका मुख्य न्यायाधिश ढुंगानाले सपथ खुवाएका सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

परीक्षा प्रणालीबाट उतीर्ण भइ जिल्ला न्यायाधीश बन्नेहरुमा कुलप्रसाद पाण्डे, नन्दकिशोर प्रसाद यादव, कमल पौडेल, सुमनकुमार न्यौपाने, प्रमेश पोखरेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल रहेका छन् ।

त्यसैगरी आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दिलिपराज पन्त, विश्वनाथ भट्टराई र रोमनाथ अधिकारी पनि जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् ।

परीक्षा प्रणालीबाट उतीर्ण गरेकाहरुलाई न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले जिल्ला न्यायाधीशहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सपथ ग्रहण समारोहमा कायममुकायम प्रधानन्यााधीश जोशी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment