Comments Add Comment

व्यक्तिगत प्रतिशोध साँधेर पत्रिकाको पाना दुरुपयोग गरेः राजकुमार राई

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष  राजकुमार राईले श्रीमती कुटाइ खाएको भन्ने समाचार निराधार भएको दावी गरेका छन् ।

अपूर्व नामको मेरी श्रीमति नै छैनन् । अपूर्व खासमा मेरो छोरो हो । श्रीमतिको नाम त छिउँदा गुरुङ्ग राई हो । जसरी खबर लेख्नेले श्रीमतिको नाममा गडबड गरिदिएका छन्, उसैगरी समचार पनि ‘मनगढन्ते’ भनेर राईले दावी गरे ।

बुधबार प्रकाशित हुने एक साप्ताहिक पत्रिकाले ‘राजकुमार राईले पत्नीको धुलाई भेटेको’ खबर छापेको थियो ।

पुतलीसडकबाट कुमारी हलतर्फ लाग्ने बाटोमा उनको कार्यलय छ । नाम हो, आरसी पिक्चर्स । तर, उक्त खबरमा लेखिएजस्तै कार्यलयको माथिल्लो तलामा कुनै खाट नरहेको पनि राइले जिकिर गरे ।

बिहान उठेर फ्रेस हुन नपाउँदै निर्माता राईको मोवाइलमा कसैले फोन गरेर, अप्रिय खबर सुनाइदिए । पत्रिकामा छापिएको खबर सुनेपछि उनको ‘मुड खराब’ भो । तत्कालै उनले फेसबुकमा लेखे, ‘मित्रहरु खाएको विष मात्र लाग्नु पर्ने होइन र ? तर मलाई त नखाएको विष लाग्यो । त्यसैले मेरो चरित्रहत्याको विरुद्धमा मैले कानुनी वाटो रोज्न बाध्य भएको जानकारी गराउन चाहन्छु । मेरो विषयमा कपोलकल्पित कथा एक साप्ताहिक पत्रिकाले बिगतदेखि नै प्रकाशित गर्दै आएको छ । त्यही पत्रिकालाई आधार मानेर केही अनलाइन मिडियाहरुले पनि साभार गर्दै भ्रमलाई मलजग गदैरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment