Comments Add Comment

गज्जबको क्याफे जहाँ पैसा होइन, प्लास्टिकका फोहोर दिए पुग्छ


क्याफेमा आफ्नो मनपर्ने खानेकुराको मज्जा लिन मोटै रकम तिर्नुपर्दछ । तर यो दुनियाँमा एउटा यस्तो क्याफेमा छ जहाँ तपार्इं आफ्नो घरमा भएका प्लास्टिकका फोहोरको सहाराले पेटभर खान पाउनुहुन्छ ।

बेलायतको लण्डनमा रहेको द रबिस क्याफेमा तपार्इं लाई फोहोरको बदलामा खानेकुरा प्राप्त हुन्छ । उक्त क्याफेमा मनपर्ने स्न्याक्स वा खानाको मज्जा लिनका लागि घरमा रहेका प्लास्टिकका फोहोर लैजानु आवश्यक हुन्छ । तर एउटा शर्त के छ भने तपार्इंले लग्ने फोहोर रिसाइकल गर्न सकिने खालको हुनुपर्दछ ।

यो क्याफे महिनामा जम्मा दुई दिन मात्र खुल्दछ । ग्राहकले पैसा होइन, प्लास्टिकको फोहोरले खाएको बिल भुक्तान गर्दछन् । जो पहिले आउँछ उसैले पाउँछ भन्ने नीति अनुसार ग्राहकलाई खानेकुरा पस्किइन्छ ।

इ–कभर नामको संस्थाले वातावरण विनासको मुख्य कारकतत्वको रुपमा रहेको बढ्दो प्लास्टिक फोहोर कम गर्नका लागि यो नौलो सोचसहितको क्याफे खोलेको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment