+
+

अर्जेन्टिनाका मिडफिल्डरले विश्वकप गुमाए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १६:४३

२५ जेठ, काठमाडौं । विश्वकप सुरु हुनु ६ दिन अघि अर्जेन्टिनालाई झड्का लागेको छ । उसका मिडफिल्डर म्यानुअल लान्जिनीले चोटका कारण विश्वकप गुमाएका छन् ।

ट्रेनिङका क्रममा २५ वर्षीय लान्जिनीको घुडाको लिगामेन्टमा समस्या देखिएको बीबीसीले जनाएको छ । वेष्टहृयामबाट व्यवसायिक फुटबल खेल्ने उनले पि्रमियर लिगमा २७ खेल खेलेर ५ गोल गरेका थिए ।

समूह डीमा रहेको अर्जेन्टिनाले १६ जुनमा आइसल्याण्डविरुद्ध खेलेर विश्वकप यात्रा थाल्नेछ । यो समूहमा क्रोएसिया र नाइजेरिया पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?